Premier Cables
Premier Steel

अर्थ शेयर बजार

सेयर बजारमा प्रतिसेयर नेटवर्थ के हो र किन महत्वपूर्ण हुन्छ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०८, २०८३  | बिहान १०:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरूको मूल्यांकन गर्न विभिन्न वित्तीय सूचकहरू प्रयोग गरिन्छ, जसमा प्रतिसेयर नेटवर्थ (Book Value per Share) एक महत्वपूर्ण सूचक हो ।

कुनै कम्पनीको कुल सम्पत्तिबाट त्यसले तिर्नुपर्ने सबै दायित्व कटाएर बाँकी रहने शुद्ध सम्पत्तिलाई कुल जारी सेयर संख्याले भाग गर्दा प्रतिसेयर नेटवर्थ निस्कन्छ । यसले प्रत्येक कित्ता सेयरको वास्तविक आधार मूल्य कति हो भन्ने संकेत गर्छ ।

बिज्ञापन

हाल बजारमा उपलब्ध तथ्यांक अनुसार २६० सूचीकृत कम्पनीमध्ये सबैभन्दा उच्च प्रतिसेयर नेटवर्थ राष्ट्रिय बीमा कम्पनीको रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ६ हजार ५३४ रुपैयाँ छ । यसको अर्थ, यदि कम्पनी आज बन्द वा खारेज भएमा सबै दायित्व तिरेपछि लगानीकर्ताले एक कित्तामा करिब ६ हजार ५३४ रुपैयाँ प्राप्त गर्न सक्ने अवस्था देखिन्छ ।

यता, सबैभन्दा कम प्रतिसेयर नेटवर्थ दिश्यश्वरी हाइड्रोपावर कम्पनीको रहेको छ, जसको नेटवर्थ ५ रुपैयाँ ५९ पैसा मात्र छ ।

२६० कम्पनीमध्ये मेन्छियाम हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ र जानकी फाइनान्सको ६ रुपैयाँ ४६ पैसाले ऋणात्मक रहेको देखिन्छ । यद्यपि, यसको अर्थ कम्पनी तुरुन्तै बन्द हुन्छ भन्ने होइन, यो केवल वित्तीय अवस्था देखाउने सूचक मात्र हो ।

नेपाल स्टक एक्सचेन्ज (Nepal Stock Exchange) ले पनि नयाँ सूचीकृत कम्पनीहरूको पहिलो कारोबार मूल्य निर्धारण गर्दा नेटवर्थलाई आधार बनाउँछ । सामान्यतया, नेटवर्थको तीन गुणासम्म पहिलो कारोबार मूल्य तोकिने व्यवस्था छ ।

उदाहरणका लागि, यदि कुनै कम्पनीको नेटवर्थ १५० रुपैयाँ छ भने यसको पहिलो कारोबार मूल्य १५० देखि ४५० रुपैयाँसम्म हुन सक्छ ।

बजार विश्लेषण अनुसार, कम्पनीको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा कम छ भने त्यसलाई सामान्यतया अन्डरभ्यालुएसन (कम मूल्यांकन) को संकेतका रूपमा लिइन्छ । तर, सबै अवस्थामा यो नियम लागू हुँदैन ।

उदाहरणका लागि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर मूल्य १९५ रुपैयाँ ५० पैसा छ भने यसको नेटवर्थ १९९ रुपैयाँ ७२ पैसा रहेको छ ।

बजारमा ५९ वटा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम रहेको देखिन्छ भने केही कम्पनीहरूको सेयर मूल्य १,२०० रुपैयाँभन्दा माथि पुगेको छ ।

उच्च नेटवर्थ भएका कम्पनीहरूमा पनि बजार मूल्य धेरै गुणा बढी हुने उदाहरण भेटिन्छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य नेटवर्थको तुलनामा करिब २.२९ गुणा बढी छ भने युनिलिभर नेपालको सेयर मूल्य ४६ हजार ९ सय रुपैयाँ पुग्दा यसको नेटवर्थ ५,११७ रुपैयाँ मात्र रहेको छ ।

विशेषज्ञहरूका अनुसार नेटवर्थ मात्र हेरेर लगानी निर्णय गर्नु उपयुक्त हुँदैन । प्रतिसेयर आम्दानी (EPS), लाभांश क्षमता, नाफा, र कम्पनीको दीर्घकालीन अवस्था समेत मूल्यांकन गर्न आवश्यक हुन्छ ।

जलविद्युत कम्पनीहरूमा प्रारम्भिक चरणमा आयोजनाको निर्माण नहुनु, ऋणको उच्च हिस्सा (करिब ७० प्रतिशतसम्म) र दीर्घकालीन सम्पत्तिको प्रकृति (समयपछि सरकारलाई हस्तान्तरण हुने) कारणले नेटवर्थ कम देखिन सक्छ ।

त्यस्तै, साना कम्पनीहरूको नेटवर्थ उच्च हुन सक्छ भने ठूलो संख्यामा सेयर जारी गरेका कम्पनीहरूको नेटवर्थ तुलनात्मक रूपमा कम देखिन्छ ।

समग्रमा, नेटवर्थले कम्पनीको आधारभूत वित्तीय शक्ति देखाए पनि यसलाई एक्लै आधार बनाएर लगानी निर्णय गर्नु जोखिमपूर्ण हुन सक्छ । अन्य वित्तीय सूचकहरूसँग मिलाएर विश्लेषण गर्दा मात्र सही लगानी रणनीति बनाउन सकिने जानकारहरू बताउँछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka