Premier Cables
Premier Steel

अर्थ

रिलायन्स स्पिनिङ्गसको मुनाफा घट्यो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | अपराह्न ३:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बिज्ञापन

कम्पनीको बिक्री आम्दानी सामान्य बढेको छ। कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँको बिक्री गरेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो। अन्य आम्दानी भने ४ करोडबाट घटेर २ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै कम्पनीको प्रशासनिक तथा अन्य खर्च २२ करोड ३७ लाख रुपैयाँबाट बढेर २९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यद्यपि बिक्री तथा वितरण खर्च १४ करोड ९ लाखबाट घटेर १३ करोड ८२ लाखमा झरेको छ भने वित्त खर्च पनि ३४ करोड ४२ लाखबाट घटेर २२ करोड १० लाख रुपैयाँमा सीमित भएको छ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ६१ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ, तरलता अनुपात २ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३७.३० रुपैयाँ कायम भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka