Premier Cables
Premier Steel

विराटनगर

जेनजी आन्दोलनमा क्षति पुगेका विराटनगरका ट्राफिक लाइट पुनः सञ्चालनमा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा तोडफोड भई बन्द भएका विराटनगरका ट्राफिक लाइट सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्। जलजला मोडमा ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी व्यवस्थापन सहज बनेको छ।

आन्दोलनका क्रममा विराटनगरका विभिन्न स्थानमा जडान गरिएका ट्राफिक लाइटमा आन्दोलनकारीले क्षति पुर्‍याएका थिए।

बिज्ञापन

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार जलजला मोड, तीनपैनी चोक, बरगाछी चोक र रोडशेष चौकका ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। कञ्चनबारी चोकमा भने पोल नै भाँचिएकाले सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेका अनुसार रोडशेष चौकमा आइतबारदेखि नै लाइट बाल्न सुरु गरिएको हो। उनले सोमबार अपराह्नसम्म विराटनगरका अधिकांश स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसक्ने जानकारी दिए।

आन्दोलनका क्रममा क्षति पुगेका लाइट मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa