Premier Cables

खेलकुद

नकआउट वडा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ ८ औँ नकआउट वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ।

लक्ष्मी युवा स्पोर्टिङ्ग क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष अनिल कुमार ठाकुरले रिबन काटेर गरेका हुन्।

विज्ञापन

उद्घाटन खेलमा लालीगुराँस बिराटनगर र सीसीएफसी रंगेलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा बुधनगर एफसी र जहदा युथ क्लब आमनेसामने हुनेछन्। फाइनल खेल वैशाख १९ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टोलीले नगद रु ६१,००० पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ३१,००० पुरस्कार पाउनेछ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठाकुरले जहदा गाउँपालिकामा खेलकुद विकासलाई विशेष प्राथमिकता दिइएको बताए।

उनले जहदाबाट राष्ट्रिय टोलीसम्म खेलाडी पुग्नु गौरवको विषय भएको उल्लेख गर्दै क्रिकेट, ब्याडमिन्टन लगायतका खेलमार्फत स्थानीय खेलाडीहरूले क्षेत्रको नाम उज्यालो बनाएको बताए।

आगामी दिनमा अझ प्रभावकारी र स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने योजना रहेको उनले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka