Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराट गोल्डकपको तयारी पूरा, आयो प्रतियोगिताको टाईसिट

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र २५, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बिना प्रचारप्रसार विराट गोल्डकपको तयारी पूरा हुँदै गएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले बाहिरी कामबाहेक सबै तयारी सम्पन्न भएको जनाएको हो।

विराटनगरको इतिहाससँग जोडिएको यस प्रतियोगिताको यो ३८औँ संस्करण हो। विक्रम संवत् २०१८ सालमा ‘महेन्द्र गोल्डकप’का नामबाट सुरु भएको यस प्रतियोगिता २०४६ सालको आन्दोलनपछि नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ नामकरण गरिएको इतिहास छ।

बिज्ञापन

विराटनगरलाई खेल क्षेत्रमा परिचित गराउन यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याएको छ। तर पछिल्ला केही वर्षयता प्रतियोगिताको साख खस्किँदै गएको विराटनगरवासी बताउँछन्। अहिलेको डिजिटल युगमा पनि प्रचारप्रसार पुरानो शैलीमै सीमित हुँदा र प्रतियोगिताको समय नजिकिँदै गर्दा समेत महानगरवासीलाई पर्याप्त जानकारी नहुँदा खेल मैदानमा दर्शकभन्दा सुरक्षाकर्मी र स्वयंसेवकको संख्या बढी देखिने गरेको छ।

दर्शक आकर्षित गर्न यस पटक आयोजक संस्थाले टिकट दर घटाएको छ। लिग चरणका खेल हेर्न प्रवेश शुल्क १ सय रुपैयाँ, सेमिफाइनलका लागि २ सय रुपैयाँ, फाइनलका लागि ३ सय रुपैयाँ र सिजनल टिकट १ हजार रुपैयाँ तोकिएको आयोजक समितिका अध्यक्ष किशोरबहादुर साहिले बताए।

चैत २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्, जसमा ३ विभागीय र १ भारतीयसहित जम्मा ८ टोली रहने आयोजकको भनाइ छ। प्रतियोगितालाई सफल बनाउन ११ लाख रुपैयाँ दिएर नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सरको जिम्मेवारी लिएको छ भने कुल १ करोड ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीले गर्ने छन्।

आर्थिक मन्दीका बाबजुद प्रतियोगिता आयोजना गरिएकोले सबैले सहयोग गरी सफल बनाउन आयोजक समितिले सबै निकाय तथा महानगरवासीसँग अनुरोध गरेको छ। प्रतियोगिता बेलुका ७ बजेदेखि सहिद मैदानमा सञ्चालन हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka