Premier Cables
Premier Steel

बैंक तथा वित्त

विराटनगरको दुगड स्पाइसेसले गर्याे रु. १ अर्ब साढे १८ करोडकाे व्यापार

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ११, २०८२  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रा.लि.ले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यो कम्पनीले नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका वस्तु बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२४ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब १४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२४ मा केही नयाँ वस्तु बजारमा सार्वजनिक गरेको थियो ।

बिज्ञापन

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ ।

मोतिलाल दुगड अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५५ करोड ६६ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ४३ करोड ३३ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ । कम्पनीले सन् २०२५ मा आम्दानी गरेकामध्ये ७७ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको उल्लेख छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka