Premier Cables
Premier Steel

समाचार

विराटनगर-काठमाडौं प्लेन भाडा अब १२ हजार ७६५

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | साँझ ७:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै नेपालभरका आन्तरिक उडानहरूको भाडादर उल्लेख्य रूपमा बढाइएको छ।

नेपाल आयल निगमले इन्धन महँगो बनाएपछि वायुसेवा कम्पनीहरूले ‘फ्युल सरचार्ज’ समायोजन गर्दै नयाँ भाडा लागू गरेका हुन्।

बिज्ञापन

नयाँ व्यवस्थाअनुसार यात्रुले अब अधिकांश रुटमा अघिल्लोभन्दा धेरै रकम तिर्नुपर्ने भएको छ। काठमाडौं–माउन्टेन फ्लाइटको अधिकतम भाडा करिब १८ हजार रुपैयाँ नाघेको छ भने काठमाडौं–भद्रपुरमा करिब १५ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यसैगरी काठमाडौं–विराटनगरमा झण्डै १२ हजार ७ सय, काठमाडौं–पोखरामा करिब ८ हजार ६ सय र काठमाडौं–भैरहवामा करिब ११ हजार रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ।

पश्चिम तथा सुदूरपश्चिमतर्फका उडानहरूमा झनै उच्च वृद्धि देखिएको छ। काठमाडौं–नेपालगञ्जको अधिकतम भाडा करिब १७ हजार रुपैयाँ पुगेको छ भने काठमाडौं–धनगढी रुटमा यो करिब २३ हजार रुपैयाँसम्म पुगेको छ। साथै काठमाडौं–तुम्लिङटारमा करिब ९ हजार ९ सय र काठमाडौं–राजविराजमा करिब १० हजार ७ सय रुपैयाँसम्म भाडा पुगेको छ।

पोखराबाट हुने उडानहरू पनि महँगा भएका छन्। पोखरा–विराटनगर रुटमा अधिकतम भाडा करिब १८ हजार ६ सय रुपैयाँ पुगेको छ भने पोखरा–नेपालगञ्जमा करिब १२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै पोखरा–जनकपुरमा करिब १३ हजार ८ सय र पोखरा–भैरहवामा करिब ७ हजार रुपैयाँसम्म भाडा पुगेको छ।

न्यूनतम भाडादरमा पनि वृद्धि गरिएको छ, जसअनुसार अधिकांश रुटमा न्यूनतम शुल्क ३ हजार ३०० रुपैयाँदेखि ११ हजार रुपैयाँभन्दा माथिसम्म पुगेको छ।

वायुसेवा सञ्चालकहरूका अनुसार हवाई इन्धनको मूल्य झण्डै दोब्बरले बढेकाले भाडा वृद्धि अपरिहार्य भएको हो। इन्धनको मूल्यमा हुने उतारचढावअनुसार आगामी दिनमा पनि भाडादर समायोजन हुन सक्ने बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka