Premier Cables
Premier Steel

समाचार

ग्याँसको सहज आपूर्तिका लागि उद्योगीलाई आयल निगमको निर्देशन

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन १६, २०८३  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको आपूर्ति सहज बनाउन सबै ग्याँस उद्योगीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।

शनिबार जारी विज्ञप्तिमा निगमले १४.२ केजी क्षमताको घरेलु ग्याँस सिलिन्डरको बिक्री सुरु भएपछि विभिन्न स्थानबाट ग्याँस अभावको गुनासो आएको उल्लेख गर्दै आपूर्ति नियमित र सहज बनाउन आग्रह गरेको हो।

बिज्ञापन

निगमले ग्याँस बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्दै व्यवस्थित रूपमा बिक्री–वितरण गर्न पनि अनुरोध गरेको छ।

ग्याँस उपलब्ध नभएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।

निगमका अनुसार एलपी ग्याँसको आयात तथा वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। त्यसैले आवश्यकताअनुसार मात्रै ग्याँस खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa