Premier Cables
Premier Steel

विराटनगर

तास खेल्दै गरेका विराटनगरका नौ व्यापारी पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तास खेलिरहेको अवस्थामा विराटनगरका नौ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले शनिबार राति छापा मार्दै विराटनगरस्थित मनोज राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी र विनीतलाल लालबनी रहेका छन् । उनीहरूमध्ये शेरसिंह दुगड विराटनगर–२ का वडा सदस्यसमेत हुन्, जो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रहरीका अनुसार उनीहरूको साथबाट करिब एक लाख रुपैयाँ बरामद गरिएको छ । तास खेलिरहेको अवस्थामा नै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka