Premier Cables

कोशी प्रदेश

हावाहुरीपीडितका घर पुनर्निर्माणमा श्रम संस्कृति पार्टी सक्रिय

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

खोटाङ । हालैको हावाहुरीबाट क्षति पुगेका घरहरूको पुनर्निर्माणमा श्रम संस्कृति पार्टी खोटाङ सक्रिय रूपमा जुटेको छ। चैत २ गते आएको हावाहुरीले प्रभावित घरहरू मर्मत तथा पुनर्निर्माणका लागि पार्टीका सदस्यहरूले श्रमदान गरेका हुन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पदमबहादुर कटवालको घर पार्टीको पहलमा पुनर्निर्माण गरिएको छ। चैत ७ गते ३५ जनाको टोलीले घरको गाह्रो लगाएको र बाँकी छाना निर्माणको काम सोमबार सम्पन्न गरिएको जिल्ला कमिटी सदस्य मणिराज राईले जानकारी दिए।

विज्ञापन

श्रमदानमार्फत घर पुनर्निर्माण भएपछि पीडित परिवारले राहत महसुस गरेको छ। पदमबहादुर कटवालकी श्रीमती विमला कटवालले हावाहुरीले रातारात छाना उडाउँदा ठूलो समस्या परेको बताउँदै सहयोगप्रति आभार व्यक्त गरिन्।

यस्तै, बाराहापोखरी गाउँपालिका–२ सुन्तलेका रामबहादुर राईको घरको छाना पनि पुनर्निर्माण गरिएको छ। हावाहुरीले उडाएको जस्तापाता संकलन गरी पुनः छाना हालिएको हो। अपुग सामग्रीमध्ये दुई बन्डल जस्तापाता श्रमदाताबाट सहयोग प्राप्त भएको बताइएको छ।

स्थानीयस्तरमा गरिएको यस्तो श्रमदानले विपद्पछि पुनःस्थापनामा सहयोग पुगेको स्थानीयवासीले बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka