Premier Cables
Premier Steel

अर्थ

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र ०३, २०८२  | बिहान ७:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले अनुरोध गरेको छ ।

बिज्ञापन

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।

नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ ।

पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।

ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ ।

विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।

सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख जरिबाना गरेको छ । सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४.२ किलोग्राम तौलका ६ हजार ३७७ सिलिन्डर फेला परेको विभागले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka