Premier Cables
Premier Steel

विराटनगर

जिल्ला प्रशासन अगाडि फेला शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण १९, २०८२  | बिहान ७:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ ।

विराटनगरस्थित डाफे चोकमा, सिडिओ कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेपछि केहीबेर ती क्षेत्रमा तनाव छायो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको छ।

घटनास्थल वरपर केही समय आवागमन नियन्त्रण गरिएको थियो भने सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ती बस्तु वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जसको सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ। सुरक्षा निकायले जनतासँग सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखेमा तुरुन्तै सूचित गर्न अपील गरेको छ।

त्यो बस्तु कसैले पूजाआजा पछि पूजा सामग्री घडामा राखेर बिसर्जन गरेको देखिएको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka