Premier Cables

विराटनगर

ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय फाइनलमा भिड्न हेरिटेजका विद्यार्थी काठमाडौं प्रस्थान

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गणितीय तर्क र बहसको प्रतिष्ठित प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ (GMDL) को राष्ट्रिय चरणमा प्रतिस्पर्धा गर्न विराटनगरस्थित हेरिटेज स्कूलका विद्यार्थीहरू काठमाडौं प्रस्थान गरेका छन्।

आगामी आइतबार, २२ फेब्रुअरी २०२६ मा काठमाडौंमा आयोजना हुने उक्त फाइनल प्रतियोगितामा हेरिटेज स्कूलको ‘बेटा ग्रुप’ (Beta Group) बाट आरोन खतिवडा, गोविन्द गोयल अग्रवाल र अंश कुमार झाले प्रतिनिधित्व गर्दैछन्।

विज्ञापन

यी विद्यार्थीहरूले अत्यन्तै प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै फाइनलको यात्रा तय गरेका हुन्। सुरुमा देशभरका विद्यालयहरू सहभागी भएको स्क्रिनिङ राउन्ड पार गर्दै कोशी प्रदेशको उत्कृष्ट बन्दै दमकमा भएको क्षेत्रीय चरण (Regional Round) पार गरि उनीहरूले देश भरि बाट अब्बल र उत्कृष्ट अन्तिम १४ टिममा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

यस वर्ष नेपालभरका ५ हजारभन्दा बढी विद्यार्थीहरू यस लिगमा सहभागी थिए। तीमध्ये विभिन्न क्षेत्रबाट छनोट भएका उत्कृष्ट १४ टिमहरू बीच अब राष्ट्रिय उपाधिका लागि काठमाडौंमा भिडन्त हुनेछ। गणितलाई केवल सूत्र र हिसाबमा मात्र सीमित नराखी तर्क, विश्लेषण र दैनिक जीवनसँग जोडेर बहस गर्ने यो नेपालकै नौलो किसिमको प्रतियोगिता हो।

हेरिटेज स्कूल परिवारले आफ्ना होनहार विद्यार्थीहरूलाई राष्ट्रिय स्तरको यो मञ्चमा सफलताको शुभकामना सहित प्रतिस्पर्धीहरुलाई आज बिदा गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka