Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा-५ मा बालेनको पक्षमा खुल्दै एमाले-कांग्रेसका नेता

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | अपराह्न २:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। झापा क्षेत्र नम्बर ५ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। बालेन्द्र शाह (बालेन) र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच चुनावी प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रको राजनीतिक माहोल तातेको हो।

चुनावी प्रचार-प्रसार तीव्र बन्दै जाँदा बालेनको समर्थनमा एमाले र कांग्रेसका नेता–कार्यकर्ताहरू खुला रूपमा उभिन थालेका छन्। पार्टी परित्याग गरेर ‘बालेन जिताउ अभियान’मा सहभागी हुनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ।

बिज्ञापन

केहीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका छन्

कांग्रेसका प्रकाश प्रसाई र एमालेका सन्तोष दुलालसहित विभिन्न युवा नेताहरूले पार्टी छाडेर बालेनलाई साथ दिएका छन्। केहीले बालेनसँग तस्बिर सार्वजनिक गर्दै समर्थन जनाएका छन् भने केहीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका छन्। उनीहरूले परिवर्तनको पक्षमा उभिएको दाबी गरेका छन्।

एमालेका युवा नेता दुलाल बालेनलाई झापा-५ मा उम्मेदवार बनाउन सक्रिय रहेको बताइन्छ। माघ ६ गते मनोनयन दर्ताकै दिन दमक नगर कांग्रेस सभापति प्रकाश प्रसाईले पार्टी परित्याग गरे। उनी बालेनसँगै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भएका थिए।

तीन कार्यकाल दमक उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका प्रसाईले “परिवर्तनलाई साथ दिन यो निर्णय लिएको” बताएका छन्। उनकी पत्नी रेगिना भट्टराई प्रसाई दमक नगरपालिकाकी निर्वाचित उपमेयर हुन्।

यस्तै, कांग्रेसका कमल गाउँपालिका सचिव महेन्द्र बुढाथोकी, क्षेत्रीय समिति सदस्य तथा मारवाडी सेवा समिति दमकका पूर्वअध्यक्ष दिनेश अग्रवाल, व्यवसायी सोम खनाल र जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्कीले पनि पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लागेका छन्।

एमालेबाट समेत उल्लेख्य संख्यामा नेता-कार्यकर्ता बाहिरिएका छन्। २०५७ सालदेखि पार्टीका विभिन्न तहमा सक्रिय राजेश प्रसाई र जिल्ला सदस्य योगेश उप्रेतीले पार्टी परित्याग गरेका छन्। क्षेत्रीय उप–सचिव महेन्द्र खड्का, दमक नगर सदस्य चन्द्र थापा, युवा नेता महेश घिमिरे र अर्जुन मैनाली पनि रास्वपामा सक्रिय बनेका छन्।

एमाले युवा संघ दमकका अध्यक्ष छवि खतिवडा, उपाध्यक्ष विजय तामाङ र सचिव कमल गैरेले सामूहिक राजीनामा दिएका थिए। पछि सचिव गैरेले राजीनामा फिर्ता लिएपछि अध्यक्ष ओलीले दमकमा नयाँ नेतृत्वलाई शपथ गराएका थिए। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता डेभिड शाहीले पनि पार्टी परित्याग गरी बालेनलाई साथ दिएका छन्।

रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईका अनुसार झापा-५ मा बालेनको समर्थनमा कांग्रेस र एमालेका नेता–कार्यकर्ताहरू खुला रूपमा आउने क्रम अझै बढिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka