Premier Cables
Premier Steel

विराटनगर

युनाइटेड मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | राती ८:५२ बजे

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो । युनाइटेडको जितमा जागेश्वर चौधरीले दुई र तेजमान लिम्बुले एक गोल गरे । उर्लाबारीका लागि प्रकाश राईले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको २३ औं मिनेटमा तेजमान लिम्बुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको उर्लाबारी दोस्रो हाफमा थप दबाबमा देखियो । ४५ औं मिनेटमा जागेश्वर चौधरीले गोल थप्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

खेलको ५० औं मिनेटमा उर्लाबारीका प्रकाश राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर पुनरागमनको संकेत गरे पनि त्यो उत्साह धेरै समय टिक्न सकेन । त्यसको एक मिनेट नबित्दै जागेश्वरले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । अन्तिम समयमा गोलका केही सुन्दर अवसर चुकाउँदा उर्लाबारी क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

निर्णायक दुई गोल गरेका युनाइटेडका जागेश्वर चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा एभरेष्ट भेट्रान्स क्लब र हाम्रो इटहरी भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka