विराटनगर । भोलि फागुन ६ गते नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । तर, विराटनगरका कतिपय निजी विद्यालयले सरकारको विदालाई नमान्ने गरेको पाइएको छ । यसैमध्येको एक हो विराटनगर महागनरपालिकाको वडा नं १५ मा अवस्थित डिएभी स्कुल ।
यो विद्यालयले भोलि (बुधबार) सार्वजनिक विदा नदिन सन्देश आफ्ना विद्यार्थी र अभिभावकलाई पठाइएको छ । वाट्सएपमार्फत विद्यालय व्यवस्थापनले पठाएको सन्देशमा कुनैपनि सार्वजनिक विदा नदिइएको र विद्यालय सूचारु हुने जनाइएको छ ।
विद्यालयले सरकारको सूचना र प्रावधानलाई बेवास्ता गर्दै जर्बजस्ती पठन पाठन गराउने भनेको भन्दै विद्यालयका विद्यार्थीले हाम्रो विराटनगरलाई इमेल पठाएका छन् । डिएभीले यसअघि पनि सार्वजनिक बिदाको अवज्ञा गर्दै आएको छ ।
पर्सि प्रजातन्त्र दिवसको दिन पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले सरकारले दिने सार्वजनिक विदामा विद्यालयहरु बन्द हुने गरेको बताउँदै भने,‘‘तर, कोर्स बाँकी छ र बिदाको सान्दर्भिकता कुनै निश्चित भूगोलमा छैन् भने विद्यालयहरु लाग्ने पनि गरेका छन् । प्याब्सनले विद्यालय लगाउनु वा नलगाउनु भनेर भन्दैन् ।’’
