Premier Cables

खेलकुद विराटनगर

मिल्स भेट्रान्स गोल्डकपमा आयोजक र जहदा सेमिफाइनलमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ६:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा सञ्चालन भइरहेको कोशी प्रदेशस्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा एभरेष्ट भेट्रान्स क्लब जहदा र आयोजक मिल्स भेट्रान्स (रातो) सेमिफाइनलमा पुगेका छन्।

विराटनगरस्थित जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जहदाले मिल्स भेट्रान्स क्लब (निलो) लाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै जहदाका गोलकिपर राजेन्द्र धिमाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।

विज्ञापन

त्यसैगरी, सोमबारकै दोस्रो खेलमा आयोजक मिल्स एरिया भेट्रान्स क्लब (रातो) ले प्रकाशपुर भेट्रान्स क्लब सुनसरीलाई ५–१ को फराकिलो अन्तरले हरायो। मिल्सको जितमा सुरज श्रेष्ठले दुई गोल गरे भने कमल खवास, दिलीप बास्कोटा र डेनिम राईले समान एक–एक गोल थपे। प्रकाशपुरका मुलिन सरकारले एक सान्त्वना गोल फर्काए। उक्त खेलको ‘प्लेयर अफ द म्याच’ सुरज श्रेष्ठ घोषित भए।

प्रतियोगिताअन्तर्गत मंगलबार उर्लाबारी भेट्रान्स क्लब र युनाइटेड भेट्रान्स क्लब विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka