Premier Cables
Premier Steel

विराटनगर

ह्याप्पी किड्ज स्कुलको वार्षिकोत्सवमा विविध कार्यक्रम

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०२, २०८२  | साँझ ७:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–३ स्थित हिमाली टोलमा रहेको ह्याप्पी किड्ज स्कुलले आफ्ना साना विद्यार्थीहरुको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरिएको थियो।

 

बिज्ञापन

नर्सरी, पीजी, युकेजी, एलकेजी, कक्षा १ र कक्षा २ का विद्यार्थीहरूलाई प्रत्येक वर्ष यसरी नै दीक्षित गरेर वार्षिक उत्सव मनाउने गरिन्छ। विशेषगरी युकेजीका विद्यार्थीहरूका लागि औपचारिक रूपमा ‘ग्राजुएसन सेरेमनी’ आयोजना गरी दीक्षान्त समारोह मनाउने गरिएको विद्यालयले जनाएको छ।

 

कार्यक्रममा विद्यार्थीहरूले नाच, गीत, नाटक तथा विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। साना बालबालिकाहरूको उत्साहजनक प्रस्तुति हेर्न अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

विद्यालयकी प्रिन्सिपल ममता लम्सालले ह्याप्पी किड्ज स्कुलमा बालबालिकालाई अध्ययनसँगै विभिन्न सिर्जनात्मक गतिविधि सिकाइने बताउनुभयो।

उहाँका अनुसार विद्यालयमा नाटक, ड्रामा, गायन, नृत्यलगायतका गतिविधिमार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराइने गरिएको छ।

 

विद्यालयले हरेक वर्ष यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई भविष्यका लागि तयार पार्ने लक्ष्य लिएको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka