Premier Cables
Premier Steel

अर्थ

एसियाली विकास बैंकको महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ नियुक्त

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २९, २०८२  | अपराह्न १:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ।

यस पदमा उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम विकास तथा कार्यान्वयनको नेतृत्व गर्नेछिन्।

बिज्ञापन

श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। उनी एडीबीको उच्च नेतृत्व तहमा पुग्ने थोरै नेपालीमध्ये एक हुन्। उनले ३ अप्रिल २०२५ देखि उपमहानिर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्।

यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक तथा सहायक सचिव लगायतका वरिष्ठ पदमा कार्य गरिसकेकी छिन्। त्यस्तै, दक्षिण–पूर्व एसिया क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापारसम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि अनुभव हासिल गरेकी छिन्।

महानिर्देशक पदमा नियुक्त भएपछि श्रेष्ठले भनिन्, “दक्षिण एसिया विभागको नेतृत्व गर्न पाउँदा म सम्मानित महसुस गरिरहेकी छु। समावेशी र दिगो विकासलाई अघि बढाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न उत्साहित छु।”

श्रेष्ठसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको अनुभव छ। उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी र स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक (बीए) गरेकी छिन्।

उनको २७ वर्षे व्यावसायिक यात्रामध्ये २३ वर्ष एडीबीमै बितेको छ। यस अवधिमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्व एसियामा कार्य सञ्चालनसम्बन्धी व्यापक अनुभव संकलन गरेकी छिन्।

सन् १९६६ मा स्थापना भएको एडीबी एसिया–प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो विकासलाई प्रवर्द्धन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। हाल एडीबीमा ६९ सदस्य राष्ट्र रहेका छन्, जसमध्ये ५० राष्ट्र एसियाका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka