






काठमाडौं । काठमाडौंको गौशालामा अनियन्त्रित भएको बसले अरु आठ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।
बुधबार दिउँसो गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस अनियन्त्रित भएपछि आठ वटा सवारी एक आपसमा ठोक्किएका थिए ।
बसले अनियन्त्रित भएपछि हायस, कार, मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताएका छन् ।दुर्घटनामा परेका घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र(२(०१(००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।