Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेसबाट आगामी सरकारको नेतृत्व: गगन कि डा. शेखर ? कोइरालाको पक्षमा भयो प्रचार

Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न १:१९ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई आगामी सरकारको नेतृत्वकर्ताको रुपमा अघि सारिएको छ ।

कोइराला मोरङ क्षेत्र नम्बर ६ मा उमेदवार छन् । कोइरालाको सचिवालयले प्रकाशन गरेको एउटा प्रचार सामग्रीमा केन्द्रीय समितिको आधिकारिक निर्णयलाई सोझै चुनौती दिएको देखिन्छ ।

बिज्ञापन

नेता कोइरालाको तस्वीर सहितको सी चुनावी पोस्टरमा उनले भनेका छन् मेरो नेतृत्वमा स्थिर सरकार, युवा अवसर र जनताको विश्वास फिर्ता ल्याउँछु भन्ने उल्लेख छ ।

यो घोषणाले डा.शेखरले अबको सरकार आफ्नो नेतृत्वमा बन्ने सन्देश दिन खोजेका छन् । यद्यपि कांग्रेस केन्द्रीय समितिको माघमा बसेको बैठकले सभापति गगन बापालाई पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।

पार्टी निर्णयअनुसार थापाले सरकारको नेतृत्व गर्ने गरी पार्टीको तयारी रहेको बुझिन्छ । तर, केन्द्रीय समितिमा समेत नरहेका कोइरालाले भने आफूले सरकारले नेतृत्व गर्ने सन्देश दिएका छन् ।

विशेष महाधिवेशनको शुरुमा वकालत गरेका कोइरालाले पछि पार्टी बैठकमै गगनसहित विश्वप्रकाश शर्मालाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसभित्र तत्कालीन सभापति देउवासँग शेरबहादुर महाधिवेशनमा सभापति लडेर पराजित बनेपछि कोइराला संस्थापनईतर समूहको नेता बनेका थिए । विशेष महाधिवेशन पछि भने उनी देउवा पक्षमा लागेका छन् । त्यसबेला उनले कांग्रेसबाट सानो समूह चोइटिएर गएको प्रतिक्रिया दिएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka