Premier Cables
Premier Steel

अर्थ

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

Calendar आइतबार, माघ १८, २०८२  | साँझ ४:११ बजे

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक रहेका बेला भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

पौडेललाई २० भदौ २०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चार वर्षका लागि नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका थिए।

अख्तियारले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसाको बिगो मागदाबी गर्दै सोही रकम बराबर जरिवाना र कैद सजायको माग गरेको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सोही प्रकरणमा उदयपुर सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka