Premier Cables
Premier Steel

खेलकुद विराटनगर

हिसान खेलकुद: कुन विधामा को भए विजयी ?

Calendar सोमबार, माघ १२, २०८२  | साँझ ५:५९ बजे

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भएका छन् ।

जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ९९ रनको फाराकिलो अन्ततरले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङको गरेको रेट स्टारले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

बिज्ञापन

रेड स्टारकालागि विवेक कार्कीले सर्वाधिक २७ रनको योगदान दिए । सेन्टजोसेफका हरिबहादुर तम्सिनाले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ३३ रनको लक्ष्य पाएको सेन्टजोसेफले १२ ओभरमा सवै विकेट ३३ रनमा सिमित भयो । सेन्टजोसेफले अतिरिक्त १९ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । रेडस्टारमा प्लेयर अफ द म्याच विवेक कार्कीले ४ विकेट लिए ।

दोस्रो खेलमा कोवास कलेजले नेशनल एकेडेमिलाई ५ विकेटले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको । टस हारेर ब्याटिङको गरेको नेशनल कलेजले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई १ सय ५ रनको योगफल तयार पारेको थियो ।नेशनलका भरत साहले सर्वाधिक २० रनको योगदान दिए । कोवासका लालु यादवले ३ विकेट लिँदा महमद समिरले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ६ रनको लक्ष्य पाएको कोवासले १४ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोबासका प्लेयर अफ द म्याच लालु यादवले सर्वाधिक ३९ रनको योगदान दिए । नेशनलका अमन कामतले ४ विकेट लिए ।

फुटबल

फुटबलको पहिलो खेलमा मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा प्लेयर अफ द म्याच निसान राईले २ गोल, निवेश श्रेष्ठ, निशान्त चौधरी र अविशेक कामतले १–१ गोल गरे भने अरनिकोका निकेश खतिवाडाले १ गोल फर्काए ।

दोस्रो खेलमा होली चायल्ड कलेजले विकेभिएम कलेजलाई ३–० को गोल अन्तरले पारजित गरेको छ । होली चायल्डको जितमा प्लेयर अफ द म्याच शिव राईले २ गोल र जेनिस धिमालले १ गोल गरे ।

तेस्रो खेलमा काशी मोडेल कलेजले नेशनल एकेडेमिलाई ५–२ को गोल अन्तरले पारजित गरेको छ । कोशी मोडेलको जितमा प्लेयर अफ द म्याच करण चौधरीले २ गोल तथा आर्यन भण्डारी, विवेक उराँव र अविशेक चौधरीले १–१ गोल गरे ।

वास्केट बल

वास्केट बल अन्तरगत भएको खेलमा शिक्षादिप कलेज, अरनिको कलेज, विकेभिएम कलेज विजयी भएका छन् ।

पहिलो खेलमा अरनिको कलेजले कोवास कलेजलाई ६०–११ को स्कारले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच अरनिकोका प्रनव चौलागाई घोषित भए ।

दोस्रोखेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३५–२७ को स्कारेले पराजित गरेको छ । खेलक प्लेयर अफ द म्याच विकेभिएमका सन्तोष साह घोषित भए ।

तेस्रो शिक्षादिप कलेजले अरनिको कलेजलाई ५६–३० को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच शिक्षिादिपका अन्दिप अर्जेल घोषित भए ।

चौथोखेलमा विकेभिएम कलेजले कोवास कलेजलाई ५१–१५ को स्कोरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका निशल कार्की घोषित भए । वास्केटलमा ४ धबटा कलेजले मात्र सहभागि भएका कारण लिगको आधारमा खेलाइएको छ । लिगमा टम टुमा पर्नै टिमले फाइनल खेल्ने छन् ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka