Premier Cables
Premier Steel

खेलकुद

नेदरल्याण्ड्सद्वारा नेपाल सामु १४१ रनको लक्ष्य

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ ०८, २०८२  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो र नेपाललाई १४१ रनको लक्ष्य दिएको हो।

बिज्ञापन

नेदरल्यान्ड्सका कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने स्टेर कालिसले ३० रन जोडिन्। रोबिन रिकेले १९ रन बनाइन् भने आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।

१५ रनमै दुई विकेट गुमाएपछि बाबेट र कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

नेपालका लागि रुबिना क्षेत्रीले दुई विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एक–एक विकेट हात पारे।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka