Premier Cables
Premier Steel

अर्थ विराटनगर

सफल भयो कोशी कनेक्ट मिसन

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी ब्यावसायिक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सम्पन्न भएको छ ।

माघ २ गते, शुक्रवार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक कार्यक्रम वीच संगठनको प्रतिनिधि मण्डललाई विदाई गर्नुभएको थियो ।

बिज्ञापन

सोही दिन संगठनको प्रतिनिधि मण्डलले त्रियुगा उद्योग वाणिज्य संघका प्रतिनिधि र उदयपुरका व्यवसायीका साथ बि२बि वैठक गरी उदयपुरमा उत्पादन हुने वस्तुलाई प्रशोधन उद्योग मार्फत मूल्य अभिवृद्धि गरी किसान र उद्यमी दुवैलाई लाभ पु¥याउने विषयमा छलफल भएको संगठनका अध्यक्ष्ँ नन्दकिशोर राठीले वताए ।

उनले उदयपुरमा उद्योग क्लस्टर विकास गर्नका साथै निजी क्षेत्रको लगानी र ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयूक्त रुपमा पहल गर्ने स्पष्ट पारे ।

भ्रमणको दोश्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि र स्थानीय व्यवसायीसंगको बि२बि वैठकमा खोटाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको दृष्टिले होटल, होमस्टे विकासमा सहकार्यको सम्भावनाका विषयमा छलफल भएको अध्यक्ष्ँ राठीले वताए ।

उनले खोटाङका उत्पादन र वितरण प्रणालीलाई मजबुत बनाउनका साथै स्थानीय व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए ।

त्यसैगरी भ्रमणको अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुका साथ आपसी व्यापारलाई सुदृढ बनाउने, स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, पहाड र तराईलाई साझा विकासको दिशातर्फ अघि बढाउने विषयमा छलफल भएको संगठनले जनाएको छ ।


कोशी कनेक्ट व्यावसायिक मिशनले अन्तर जिल्ला व्यापारिक सञ्जाल तथा साझेदारी स्थापना, लगानी र व्यापारका अवसरको पहिचान तथा प्रवद्र्धनका सन्दर्भमा तीनै स्थानका उद्यमीहरुका साथ आपसी सहकार्यका विविध आयामहरूका बारेमा नया सम्भावना उजागर गरेको संगठनले जनाएको छ ।

ब्यावसायीक अभियानका अवधिमा स्वदेशी उत्पादनको बजार विस्तार, बिटुबी प्लेटफर्ममार्फत व्यवसायिक सहकार्य, उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धन तथा आर्थिक एजेन्डामा साझा धारणा निर्माणका विषयमा सहमति र समझदारी विकसित संगठनका महानिर्देशक चुडामणि भट्टराईले वताए ।

तीन दिन ब्यावसायीक मिशन भ्रमणमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला, कोषाध्यक्ष पारस लुनिया लगायत कार्यसमिति सदस्यहरू सौरभ सारडा, विरेन्द्र राठी, दिपक अग्रवाल, सिद्धार्थ कावरा, उकेश अग्रवाल, उद्यमी निर्मल कोचर, महिला उद्यमी प्रतिभा पौडेल निरौला, साबित्रा ढकाल, विमला थापा, मयुषा, युवा उद्यमी रोमन कट्टेल, सागर राज ढुंगानाको सहभागिता रहेको थियो ।
समाप्त

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka