Premier Cables

राजनीति

गगन थापाले घरमै गएर भेटे शेरबहादुर देउवा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ ०३, २०८२  | राती ८:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए।

विज्ञापन

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापति र निवर्तमान सभापतिबीच शिष्टाचार भेट भएको पुष्टि गरेका छन्। “उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य प्रक्रिया हो। भेटमा पार्टी सुदृढीकरणका विषयमा छलफल भयो,” उनले बताए।

स्रोतका अनुसार भेटमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानबारे पनि छलफल भएको थियो। नवनिर्वाचित सभापति थापाले पार्टीभित्रको विवाद मिलाएर फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण बनाउन देउवालाई आग्रह गरेको स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka