Premier Cables
Premier Steel

राजनीति

गगन-विश्वलाई आयोगको मान्यता, काखापाखा नगर्ने उद्घोष

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | राती ८:४७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशन कानून र पार्टी विधानसम्मत रहेको ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै विशेष महाधिवेशनबाट भएका सबै निर्णयहरूले वैधानिक मान्यता पाएका छन्। यससँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ।

अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य सम्पूर्ण संगठनात्मक काम–कारबाहीमा गगन–विश्व समूहका निर्णय र गतिविधिहरू आधिकारिक रूपमा लागू हुनेछन्। विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको छ।

यद्यपि, निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला नै रहेको छ।

निर्णयपछि कांग्रेस सभापति गगन थापाले आयोगको कदमलाई स्वाभाविक र सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

उनले भने, “हामीलाई प्रारम्भदेखि नै पार्टीको विधान र संविधानअनुसार स्थापित संवैधानिक निकायले विधि–विधानभित्र रहेर निर्णय गर्छ भन्ने पूर्ण विश्वास थियो। निर्वाचन आयोगले लामो समयदेखि जनविश्वास र प्रतिष्ठा आर्जन गरेको छ। विधिसम्मत रूपमा भएको अधिवेशनका निर्णयलाई आयोगले स्वीकार गर्छ भन्ने हाम्रो विश्वास थियो, र त्यो विश्वास अनुरूप निर्णय आएको छ। त्यसैले यो स्वाभाविक पनि लागेको छ र अत्यन्त खुसी पनि लागेको छ।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka