






मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी फेरि विवादमा मुछिएका छन् । जनप्रतिनिधिलाईनै ज्यान मार्ने धम्की दिएपछि यसपटक उनी गम्भीर विवादमा मुछिएका हुन्। उनी गत उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
निर्वाचित भएरा आउनेबित्तिकैदेखि पटक पटक विवादमा पार्दै आएका अध्यक्ष माझीले वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई गाली गलौज र अप शब्द बोल्दै ज्यान मार्ने धम्की दिएका छन् ।
ग्रामथान गाउँपालिकामा वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडा माथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका छन् ।
वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३० गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएका थिए ।
यस्तै ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडार बनी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा अध्यक्ष माझीले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमा लागी गलौज समेत गरेका थिए ।
वडाध्यक्ष खतिवडा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । वडा अध्यक्ष खतिवडाले पालिका अध्यक्ष माझीले आफू माथि गाली गलौज गरी ज्यान मार्ने धम्की दिएको बताए ।