Premier Cables
Premier Steel

विराटनगर

पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०८, २०८२  | साँझ ७:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ। विराटनगर–९ निवासी मण्डलको ८७ वर्षको उमेरमा मंगलबार आफ्नै निवासमा निधन भएको हो।

परिवारका अनुसार उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए। बिहान शौचालय गएर फर्किएपछि आरामका लागि सुतेका मण्डल ओछ्यानमै मृत फेला परेका थिए। भतिजी जस्मिन मण्डलका अनुसार परिवारले जानकारी पाउँदा उहाँको निधन भइसकेको थियो।

बिज्ञापन

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री तथा उपप्रधानमन्त्रीको जिम्मेवारीमा थिए। उनी नेपाल सद्भावना पार्टीको अध्यक्षसमेत रहेका थिए। राजतन्त्र र हिन्दुत्वका पक्षधर मण्डल २०४६ सालअघि राजतन्त्रवादी राजनीतिमा सक्रिय थिए भने बहुदलीय व्यवस्था आएपछि सद्भावना पार्टीसँग आबद्ध भएका थिए।

राजनीतिक जीवनको प्रारम्भिक चरणमा केही समय नेपाली कांग्रेसमा समेत आबद्ध रहेका मण्डलका दुई पत्नी, चार छोरा र तीन छोरी रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka