Premier Cables
Premier Steel

अर्थ विराटनगर

रिलायन्स स्पिनिङको आईपिओ खुला, प्रिमियम मूल्य ८२० रुपैयाँ ८० पैसा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो। यस चरणमा कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री गर्नेछ।

बिज्ञापन

आईपीओको प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसाका दरले तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। न्यूनतम ५० कित्ताका लागि आवेदन दिने लगानीकर्ताले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्नेछ।

यस आईपीओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka