Premier Cables
Premier Steel

विराटनगर

दुर्घटनामा गम्भीर घाइते विराटनगरका १९ वर्षीय अभिषेक पोखरेलको उपचार सहयोगको अपिल

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | साँझ ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१, पोखरियाका १९ वर्षीय अभिषेक पोखरेल गम्भीर सवारी दुर्घटनामा परेर जीवन-मृत्युसँग संघर्ष गरिरहेका छन्। गत बिहीबार राति करिब ८:४५ बजे पोखरियाबाट पुष्पलाल चोकतर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर चोट लागेपछि अभिषेकलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। हाल अस्पतालको Neuro ICU मा उपचाररत छन् । चिकित्सकका अनुसार उहाँलाई कम्तीमा १ देखि २ महिना अस्पतालमै राखी निरन्तर उपचार गर्नुपर्ने अवस्था रहेको छ।

बिज्ञापन

अभिषेकको परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर तथा विपन्न भएकाले लामो समयसम्मको महँगो उपचार खर्च जुटाउन असमर्थ भएको परिवारले जनाएको छ। यस कारण अभिषेकको जीवन रक्षा गर्न सम्पूर्ण दयालु मन, समाजसेवी, संघ–संस्था तथा सहयोगी हातहरूसँग आर्थिक सहयोगको हार्दिक अपिल गरिएको छ।

परिवारका अनुसार, “तपाईंको सानो सहयोगले पनि एक युवाको अमूल्य जीवन बचाउन सक्नेछ।” मानवता, सहानुभूति र सहयोगका लागि सहयोगदाताप्रति परिवार सधैं आभारी रहने जनाएको छ।

कुरुवा विवरण
नाम: कुबेर पोखरेल
नाता: दाइ
सम्पर्क नम्बर: ९७०८८३९१५६
विवेक नेपाल
सम्पर्क नम्बर: ९७४९२४४१४३

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka