Premier Cables
Premier Steel

अर्थ

गोरखा डिपार्टमेन्ट लिलाम हुंदै,हिमालयन बैंककाे ३५ दिने सूचना प्रकाशन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०१, २०८२  | साँझ ७:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने भएको छ।

हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाडौंले साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गरेको हो।

बिज्ञापन

बैंकले ब्लाष्ट टाइम्स दैनिक पत्रिकामार्फत सूचना प्रकाशित गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाएको छ। सूचनाअनुसार मंसिर २८ गते प्रकाशित सूचना बमोजिम ३५ दिन अर्थात् २०८२ माघ ३ गतेभित्र दायित्व भुक्तानी नभए ऋणीलाई कालोसूचीमा राखी ऋण असुली प्रक्रिया अघि बढाइने जनाइएकाे छ ।

बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरीडाँडा, हाँसपोसा, एकम्बा लगायत विभिन्न स्थानमा रहेका ४२ कित्ता जग्गा लिलामीमा राख्ने प्रक्रिया सुरु गरेको छ। साथै सञ्चालक बलराम आचार्यले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर, टाटा इन्ट्रा र किया सेल्टोस गाडीहरू पनि लिलामी सूचीमा समावेश गरिएको छ।

लामो समयदेखि व्यापारिक रूपमा थलिएको गोरखा डिपार्टमेन्ट स्टोरले बैंकको ब्याजसमेत नियमित रूपमा तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको बैंक स्रोतले जनाएको छ। जग्गा कारोबारमा आएको मन्दीका कारण व्यवसाय प्रभावित बनेपछि कम्पनी थप आर्थिक दबाबमा परेको बताइएको छ।

पूर्वी नेपालमा डिपार्टमेन्ट स्टोर अवधारणालाई स्थापित गर्दै सपिङ संस्कृतिको सुरुवात गरेका बलराम आचार्य कुनै समय यस क्षेत्रका प्रख्यात व्यापारी मानिन्थे।

तर पछिल्लो समय आर्थिक संकटका कारण आफ्नै सम्पत्ति जोगाउनसमेत उनी कठिन परिस्थितिमा परेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka