Premier Cables
Premier Steel

खेलकुद विराटनगर

भारतमा भएको कराँते प्रतियोगिताका उत्कृष्ट नेपाली खेलाडीलाई विराटनगरमा सम्मान

Calendar आइतबार, मंसिर २१, २०८२  | बिहान ११:०२ बजे

विराटनगर । च्याम्पियन्स कराँते एकेडेमीले भारतमा नोभेम्बर २२ र २३, २०२५ मा सम्पन्न भएको प्रतिष्ठित ईन्डोरेन्स वर्ल्ड च्याम्पियनसिप स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ६ देखि ९ वर्ष उमेर समूहका युवा खेलाडीहरूलाई सम्मान गरेको छ। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा यी खेलाडीहरूले नौ देशका प्रतिस्पर्धीहरूसँग भिड्दै नेपालको प्रतिनिधित्व गरेका थिए।

युवा प्रतिभाहरूको खेल कौशल र लगनशीलताको उच्च कदर गर्दै आयोजित सम्मान समारोहमा प्रमुख अतिथिको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र लामाले बताए । कार्यक्रमको सभापतित्वण् च्याम्पियन्स कराँते एकेडेमीका सञ्चालक सुरज कामतले गरेका थिए ।

बिज्ञापन

कार्यक्रमको विशिष्ट अतिथिहरूमा विराटनगर महानगरपालिका स्वास्थ्य शाखा संयोजक डाक्टर दिलीप कुमार यादव, पारस मल्टी स्पेसियालिटी हस्पिटलका सञ्चालक डाक्टर सफीउर रेमान, र मोरङ जिल्ला कराते सङ्घका प्रतिनिधि रहेका थिए ।

रोडसेस डेन्टल एण्ड ओरल क्लिनिकका सञ्चालक डाक्टर शेखर कुमार मण्डल, उद्योगपति तथा समाजसेवी देवकीनन्द अग्रवाल, युवा नेताहरू वीरेन्द्र कुमार शाह र राकेश रोशन यादव आतिथि थिए ।

कार्यक्रममा बोल्दै पारस मल्टी स्पेसियालिटी हस्पिटलका सञ्चालक डाक्टर सफीउर रेमानले खेलाडीहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै च्याम्पियन्स कराँते एकेडेमीसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

यसैगरी, रोडसेस डेन्टल एण्ड ओरल क्लिनिकका सञ्चालक डाक्टर शेखर कुमार मण्डलले पनि युवा खेलाडीहरूको मौखिक स्वास्थ्यको लागि एकेडेमीसँग सहकार्य गर्ने घोषणा गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka