Premier Cables
Premier Steel

अपराध

कोशीका जिल्लाबाट लागूऔषध सहित ५ जना पक्राउ

Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ११:१६ बजे

विराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका ११ का निशान न्यौपाने र एक जना बालकलाई ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

बिज्ञापन

यसै गरी मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवा र डोरियाबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी १ का दिपेश धिमाल र पुर्ण बहादुर जोगीलाई ४ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ का दिनेश तामाङलाई ८७ क्यापसुल TRAMADOL र ८८ ट्याब्लेट SPASPAIN सहित पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka