Premier Cables
Premier Steel

राष्ट्रिय

अनलाईन ठगी बढ्यो, सतर्क रहन प्रहरीको आग्रह

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०४, २०८२  | अपराह्न १:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पछिल्लो समय अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सार्वजनिक सूचनामार्फत अनलाइन ठगीबाट जोगिन सातबुँदे अनुरोध जारी गरेको हो ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगिने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका निम्ति सूचना जारी गरिएको बताए । उनका अनुसार, सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्ट्राग्रामलगायत माध्यामबाट ‘तपाईंलाई चिट्ठा परेको छ, उक्त रकम प्राप्त गर्न केही रकम (राजस्व) तिर्नुपर्छ’ भनी पैसा पठाउन लगाउँदै ठगी गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।

बिज्ञापन

सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम तिर्दा आधिकारिक बिक्रेता यकिन गर्न अनुरोध गरिएको छ । प्रवक्ता भट्टराईले भने, “अपरिचित व्यक्ति वा नम्बरबाट श्रव्यदृश्य सन्देश (भिडियो कल) गरी उक्त कल रेकर्ड गरेर भिडियोलाई अश्लील बनाएर ब्ल्याकमेल गर्ने र पैसा माग्ने जोखिम बढेकाले त्यसतर्फ पनि सावधान हुनुस् ।”

उनका अनुसार, आफ्ना साथीभाइ तथा आफन्तले विभिन्न सामाजिक सञ्जालबाट समस्या देखाई आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकिन गर्न अनुरोध गरिएको छ । उक्त समयमा खाता ‘ह्याक’ हुन सक्ने भएकाले सचेत हुन जरुरी रहेको उनले बताए ।

सामाजिक सञ्जाल तथा अरू अनलाइन माध्यममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुन सक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

यस्तै, अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि लिंक नखोल्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले आफ्नो ओटीपी कोड अरूलाई नदिन, मोबाइलको ‘स्क्रिन’ कसैलाई नदेखाउन, सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी नराख्न, पासवर्डलगायत निजी विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन प्रहरीले अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka