Premier Cables
Premier Steel

खेलकुद

एनपीएलमा विराटनगर किंग्सद्वारा अहिलेसम्मकै उच्च स्कोर खडा

Calendar मंगलबार, मंसिर ०२, २०८२  | साँझ ६:०८ बजे

काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाले प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।

बिज्ञापन

एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम बनेको विराटनगरले यसअघि आफैंले बनाएको सर्वाधिक स्कोरको कीर्तिमानसमेत तोडेको छ । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै न्युजिल्याण्डका मार्टिन गप्टिलले ३५ बलमा ३चौका र ५ छक्का मद्दतमा ६१ रन जोडे ।

लोकेश र गप्टिलले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

यस्तै शुभम रन्जानले १६ बलमा ३ चौका र २ छक्का मदतमा ३८ रन जोडे । बसिर अहमदले २३ रन बनाए । १३ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा पोखराका म्याट टेलरले २ तथा आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka