Premier Cables
Premier Steel

राजनीति

त्रिविको जग्गा अपचलन गर्नेलाई नछाडिने

Calendar बुधबार, कार्तिक २६, २०८२  | बिहान ८:१३ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा फिर्ता ल्याउने प्रक्रियामा अपचलन गर्नेहरूलाई दण्डित गर्नुपर्नेमा जोड दिएकी छिन्।

मंगलबार त्रिविको जग्गा फिर्ता सम्बन्धी प्रगति बारे जानकारी लिँदै उनले अनधिकृत तथा असम्बन्धित व्यक्तिबाट भएको अतिक्रमण तत्काल रोक्न निर्देशन दिइन।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले अर्थ, गृह र शिक्षामन्त्रीसहित त्रिविका उपकुलपति र जग्गा खोज समितिका पदाधिकारीहरूसँग बैठक गर्दै जग्गा फिर्ता प्रक्रियाबारे चासो व्यक्त गरिन् । उंले प्रतिवेदन सार्वजनिक भएपछि “कति जग्गा फिर्ता भयो र दोषीमाथि के कारबाही भयो?”

बैठकमा त्रिवि पदाधिकारीहरूले विश्वविद्यालयको नाममा रहेका जग्गा ओगटेर बसेकाहरूलाई हटाउन तथा अपचलन भएको जग्गाको लगत तयार गर्न सरकारको सहयोग आवश्यक रहेको बताएका थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले जग्गाको लगत कायम गर्ने कार्यमा त्रिविले आफैं पहल गर्नुपर्ने बताउँदै, किर्ते गरेर जग्गा हड्पिएका घटनाहरूलाई छुट्टाछुट्टै मुद्दाका रूपमा सीआईबीलगायत निकायमा उजुरी दिनुपर्ने सुझाव दिए। शिक्षामन्त्री शारदा पुनले भने “यो काम धेरै लम्ब्याउनुभन्दा तुरुन्तै गर्न सकिने निर्णयहरू तत्काल कार्यान्वयन गर्नुपर्छ ।”

यसैबीच, प्रधानमन्त्री कार्कीले आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि मैनालीसँग वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियाको प्रगतिबारे जानकारी लिएकी छिन्

कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा गठन भएको छनोट समितिबाट हुने नियुक्ति प्रक्रियामा ढिलाइ हुन नदिन प्रधानमन्त्रीले निर्देशन दिँदै “खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना तत्काल प्रकाशित गर्न” दिइन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka