Premier Cables
Premier Steel

राष्ट्रिय

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, कार्तिक २४, २०८२  | साँझ ७:४६ बजे

काठमाडौं। सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले भण्डारीलाई हटाउने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गरेको हो।

भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरी होटलमा शपथ गराएकी थिइन्। सरकारी कार्यको यस्तो प्रकृति संविधान र पदीय गरिमाविपरीत भएको ठहर गर्दै सरकारले उनीमाथि कारबाही गरेको बताइएको छ।

सोमबार बिहान बर्दिवासस्थित एक होटलमा मुख्यमन्त्री नियुक्ति र शपथ कार्यक्रम सम्पन्न भएपछि मधेश प्रदेशमा राजनीतिक तनाव बढेको थियो। सात राजनीतिक दलहरूले उक्त नियुक्तिलाई असंवैधानिक भन्दै आन्दोलन र कानुनी कदम दुवै अघि बढाउने निर्णय गरेका छन्।

एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले पार्टीगत स्वार्थका लागि संवैधानिक मर्यादा उल्लंघन गरेको आरोप लागेको छ। संविधानअनुसार प्रदेश प्रमुखको पदलाई राष्ट्रपतिको जस्तै गरिमामय मानिन्छ।

भण्डारीद्वारा गरिएको मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको छ, र मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्दैछ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka