Premier Cables
Premier Steel

अपराध विराटनगर

भारतीयसँग मिलेर ब्राउन सुगर तस्करी, मोरङमा तीन जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | अपराह्न १२:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ।

कार्तिक १९ गते विराटनगर–५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको टोलीले BR50AD 0227 नम्बरको स्कुटरमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुनसरीको देवाङंज गाउँपालिका–२ का विकास कुमार यादव र भारत, बिहारका कृष्ण कुमार मेहता रहेका छन्।

बिज्ञापन

प्रहरीले शंकास्पद देखिएका उनीहरूलाई जाँच गर्दा उनीहरूको साथबाट ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ।

त्यसैगरी, प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका–९ का २३ वर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka