Premier Cables
Premier Steel

अर्थ

नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक २०, २०८२  | बिहान ८:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रूपन्देही । रूपन्देहीमा उत्पादन भएको आलुबाट तयार गरिएको फ्रेन्च फ्राइज पहिलोपटक अमेरिका निर्यात गरिएको छ।

शुद्धोधन गाउँपालिकास्थित फस्ट च्वाइस फुड्स लिमिटेड ले उत्पादन गरेको ४२ टन प्रिमियम फ्रोजन फ्रेन्च फ्राइज मंगलबार भैरहवा भन्सार कार्यालयबाट बेलहिया नाका हुँदै अमेरिकाका लागि पठाइएको हो। कम्पनीले अमेरिकामा कुल ५ सय टन फ्रेन्च फ्राइज निर्यात गर्ने सम्झौता गरेको छ, जसअन्तर्गत पहिलो चरणमा ४२ टन पठाइएको हो।

बिज्ञापन

“किसानको पौरख, हाम्रो गौरव” भन्ने नारासहित २६ जिल्लाका करिब ३५ हजार किसानबाट संकलित आलुलाई प्रशोधन गरी फ्रेन्च फ्राइज बनाइने उद्योग रूपन्देहीमा सञ्चालनमा आएको हो। उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार उत्पादन गुणस्तरीय र स्वादिलो भएकोले अमेरिकी बजारका आवश्यक मापदण्ड पूरा गर्न सफल भएको हो।

बेलहिया नाकाबाट छुटेका दुई कन्टेनर फ्रेन्च फ्राइज कलकत्ता बन्दरगाह हुँदै ५५ दिनमा अमेरिकामा पुग्नेछन्। पहिलो खेपको बिक्रीबाट कम्पनीले करिब ४० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ।

अमेरिकातर्फ पठाइएका फ्रेन्च फ्राइज साढे २ किलोका प्याकेटमा प्याक गरिएका छन्। पहिलो खेप पुगेपछि थप खेप पठाउने तयारी सुरु गरिने कम्पनीले जनाएको छ।

किसानबाट खरिद गरिएका आलु प्रशोधन गरी तेस्रो मुलुकमा पठाउन भैरहवा भन्सार कार्यालयले आवश्यक सहजीकरण गरेको छ। भन्सारले नेपाली उद्योगबाट खाद्य प्रमाणपत्र लिनेदेखि भारतीय भन्सारसँग समन्वय र एडभान्स पेमेन्ट सुनिश्चित गर्ने प्रक्रिया पुरा गरेपछि निर्यात अनुमति दिएको हो।

करीब २ अर्ब रूपैयाँको लगानीमा स्थापना भएको फस्ट च्वाइस फुड्स लिमिटेड ले प्रतिघण्टा अढाई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ।

हाल नेपाल र भारतका सहरहरूमा आफ्ना उत्पादन बिक्री गर्दै आएको कम्पनीले अमेरिकामा सफल निर्यातपछि युरोपेली बजारतर्फ पनि विस्तार गर्ने लक्ष्य लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka