Premier Cables
Premier Steel

कोशी प्रदेश

भोजपुरका वन अधिकृतविरुद्ध १ करोड ४३ लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | साँझ ५:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय भोजपुरका डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको वैध स्रोत प्रमाणित गर्न नसकेकाले सोही रकम बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो।

बिज्ञापन

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि, सार्वजनिक पदमा रहेर श्रेष्ठले आफ्नो पदीय अख्तियारको दुरुपयोग गर्दै अस्वाभाविक जीवनस्तर अपनाएको र गैरकानूनी रूपमा सम्पत्ति संकलन गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो।

अनुसन्धानका क्रममा २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्म श्रेष्ठ र उनको परिवारको आय–व्ययको विश्लेषण गरिएको आयोगले जनाएको छ।

त्यो अवधिमा श्रेष्ठको कुल वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको छ भने कुल खर्च र लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ पुगेको पाइएको हो।

यसअनुसार, श्रेष्ठको कुल व्यय आयभन्दा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बढी देखिएको र सो रकमको स्रोत पुष्टि हुन नसकेकाले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको आयोगले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम श्रेष्ठविरुद्ध बिगो बराबरको कैद र जरिवानाको मागदाबी गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि अनुरोध गरिएको छ।

अख्तियारका अनुसार श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र उनीहरू सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि. को नाममा लुकाएको पाइएको छ।

उक्त सम्पत्ति जफतका प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र सो कम्पनीलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka