Premier Cables
Premier Steel

शेयर बजार

फ्युजमेसिन्स अमेरिकी स्टक एक्सचेञ्जमा पहिलो नेपाली मूलको सूचीकृत कम्पनी

Calendar शनिबार, कार्तिक १५, २०८२  | अपराह्न २:१९ बजे

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित कम्पनी फ्युजमेसिन्स (Fusemachines) अमेरिकी NASDAQ स्टक एक्सचेञ्जमा “FUSE” नामबाट औपचारिक रूपमा सूचीकृत भएको छ ।

यससँगै फ्युजमेसिन्स अमेरिकी स्टक बजारमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ ।

बिज्ञापन

सन् २०१३ मा नेपाली मूलका उद्यमी समीर मास्के (Sameer Maskey) द्वारा स्थापना गरिएको फ्युजमेसिन्सको मुख्यालय अमेरिकामा छ भने यसको शाखा कार्यालयहरू नेपाल, क्यानडा, डोमिनिकन गणराज्य र अन्य मुलुकहरूमा रहेका छन् ।

कम्पनीले हाल स्वास्थ्य, वित्त, खुद्रा व्यापार, निर्माण, र सरकारी क्षेत्रमा एआई सेवा र समाधान प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार, NASDAQ मा सूचीकरणपछि प्राप्त हुने पूँजीलाई सन्तुलित वित्तीय संरचना मजबुत बनाउन, उत्पादन नवप्रवर्तन (innovation) अघि बढाउन, ग्राहक सञ्जाल विस्तार गर्न, र बिक्री तथा मार्केटिङमा रणनीतिक लगानी गर्न प्रयोग गरिनेछ ।

फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी समीर मास्केले भने,”सानो र मिशन–प्रेरित टोलीबाट सुरु भएको हाम्रो यात्राले आज NASDAQ–सूचीकृत कम्पनी बन्नु गर्वको कुरा हो ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka