Premier Cables
Premier Steel

समाचार

खगेन्द्र सुनारको बयान तथा थुनछेक बहस सकियो, आदेश आउन बाँकी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको बयान तथा थुनछेकसम्बन्धी बहस सकिएको छ। अदालतले भने आदेश अझै जारी गरेको छैन।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द प्रयोग गरेको आरोपमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएपछि सुनार बिहीबार बिहान जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका थिए।
उनीमाथिको मुद्दाको सुनुवाइ न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

बिज्ञापन

सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेको र लाइभमार्फत गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी परेको थियो।
गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले ब्यूरोले उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई पठाएको थियो।

अनुसन्धानका क्रममा सुनार फरार रहेकाले प्रहरीले उनलाई फरार प्रतिवादीका रूपमा राखी साउन २ गते अदालतमा मुद्दा दर्ता गरेको थियो। ८२ सी१–००२ नम्बरको फौजदारी मुद्दा काभ्रे जिल्ला अदालतमा २०७८ सालको साउन महिनामा दोस्रो मुद्दाका रूपमा दर्ता भएको थियो।

त्यसपछि अदालतले साउन ५ गते सुनारलाई पक्राउ गर्नका लागि दैलेख जिल्ला प्रहरी कार्यालयलाई पुर्जी जारी गरेको थियो। अदालतका श्रेस्तेदार कार्कीका अनुसार, उक्त पुर्जी ७ दिन र ३५ दिन म्याद राखी जारी गरिएको थियो।

हालै मन्त्रीपरिषद् विस्तारको क्रममा सुनारको नाम समेत सिफारिस गरिएको थियो, तर विभिन्न मुद्दा सार्वजनिक भएपछि अन्तिम समयमा उनको नाम सूचीबाट हटाइएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka