२०८२ बैशाख २९, सोमबार
Premier Cables

होटलमा डरत्रास देखाएर लुटपाट, ८ जना पक्राउ

Hamro Biratnagar Calendar सोमबार, बैशाख २९, २०८२

काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर महानगरपालिका–१८ का अतित क्षेत्री, भरतपुर महानगरपालिका(११ का २४ वर्षीय सन्दीप विक, नवलपुर दिपचुली नगरपालिका-१६ का २३ वर्षीय सन्दीप परियार छन् ।

बिज्ञापन

यसैगरी पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-११ का २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, चितवन भरतपुर महानगरपालिका–१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदीपुर नगरपालिका-२ की १९ वर्षीय सक्रिय खनिया र सुनसरी धरान उपमहानगरपालिका–१७ की २४ वर्षीया कविता राई छन् ।

बिज्ञापन

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूले काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ‘होटल मेन्स’ मा प्रवेश गरी पीडितहरूलाई धम्क्याएर लुटपाट गर्ने गरेका थिए ।उनीहरूले पीडितहरूसँग नगद भए नगद नै लुटपाट गर्ने र नगद नभए डरत्रास देखाउँदै बैंक खाता तथा इसेवामार्फत रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले होटलमा आउने व्यक्तिहरूसँग डरत्रास देखाएर ३ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement