Premier Cables
Premier Steel

अर्थ

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा २० लाखसम्म कर्जा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान १०:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । स्टार्टअप उद्यमीहरूले अब ३ प्रतिशत ब्याजदरमा अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन्। सरकारले हालै लागू गरेको ‘स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०८२’ मार्फत यस्तो व्यवस्था गरिएको हो।

कार्यविधिअनुसार उद्यमीहरूले बिना धितो न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। आवश्यकताअनुसार कर्जाको राशि घटबढ गर्न सकिने व्यवस्था पनि गरिएको छ।

बिज्ञापन

यद्यपि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले विगतमा जस्तै २५ लाख रुपैयाँको कर्जा सीमा कायम राख्न माग गर्दै आएको छ।

सरकारले चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो, तर त्यसको केवल ८८ करोड ६६ लाख रुपैयाँ मात्र कर्जा स्वरूप वितरण भएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa