Premier Cables

खेलकुद

नेपाली क्रिकेट टोलीले आज जापानसँग प्रतिस्पर्धा गर्दै

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | अपराह्न १:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी-२० विश्वकप एसिया /इएपी छ अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपाल र जापान आमनेसामने हुन लागेका हुन्। ओमनस्थित अल अमेरत स्टेडियममा खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

वरीयताका हिसाबले नेपाल जापान भन्दा निकै अगाडिको टोली हो। आईसीसी टी-२० वरीयतामा नेपाल १८ औं स्थानमा छ भने जापान ४३ औं स्थानमा छ। यद्यपि, जापानको पछिल्लो लय लोभलाग्दो छ।
जारी प्रतियोगितामा नेपाली ब्याटिङलाई राम्रै चुनौती दिएको कुवेतलाई जापानले बिहीबारमात्र हराएको थियो। कु टी-२० वरीयतामा २३ औं स्थानमा छ। अर्थात आफूभन्दा २० स्थानमाथिको टोलीलाई हराएको जापानको आजको प्रतिस्पर्धा २५ स्थानमाथिको नेपालसँग हुनेछ।

विज्ञापन

नेपाली टोलीमा पछिल्लो समय राम्रो लयमा छ। खासगरी ओपनिङ ब्याटर कुशल भुर्तेल ब्याटिङ, बलिङ र फिल्डि तीनवटै क्षेत्रमा उच्च लयमा छन्।

त्यस्तै, अलराउण्डर गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै आएका छन्। अर्कोतर्फ जापानमा पनि डेक्लान सुजुकी प्रभावशाली बलर र इसाम रहमान जस्ता प्रभावशाली ब्याटरहरू छन्।

९ टोली सहभागी यो छनोटमा शीर्ष ६ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। नेपाल र जापान दुवैले कुवेतलाई हराएसँगै सुपर सिक्समा स्थान पक्का गरिसकेका छन्।

सुपर सिक्समा शीर्षमा रहने ३ टोलीले भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउने छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka