Premier Cables
Premier Steel

कोशी प्रदेश

बाढी पहिरोले इलाम र पाँचथरमा अधिक क्षति, चारआली-फिदिम सडक ठप्प

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न ३:५९ बजे
Hamro Biratnagar Headlines

पांचथर । निरन्तरको वर्षासँगै मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका विभिन्न स्थानमा पहिरो जाँदा सडक आवागमन पूर्ण रुपमा प्रभावित भएको छ।

इलामको राजदुवाली क्षेत्रमा माईखोलाले सडक कटान गरेपछि ठुलो क्षति पुगेको छ। स्थानीय प्रशासनका अनुसार, सडक पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्नेछ। जोरकलश-माईखोला खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।

फिक्कलसम्मको सडक खुला गरिएको भए पनि अन्य खण्डहरू अझै जोखिमयुक्त छन्। धोवीधार, बिल्ल्याटे-नेपालटार, नेपालटार-राँके लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।

पाँचथर जिल्लाको पौवासारतप र लालिखर्क क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, विभिन्न स्थानमा बाटो सडक खुलाउने अझै प्रयास जारी छ।
झापाको चारआलीदेखि फिदिमसम्मको सडक अवस्था ठप्प बनेको छ।
प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। पहिरो हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka