Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा झिनो अंकको गिरावट

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.३५ अंकले घटेर २ हजार ६५२ विन्दुमा सीमित बनेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४५९.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३ अर्ब २६ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार यतिबेला फेस्टिभ मूडमा गएको छ । त्यही कारण आज सूचक र कारोबारमा गिरावट आएको छ । तर दशैंपछि भने बजारमा राम्रो सुधार आउने देखिन्छ ।

अर्थमन्त्रीको खर्च कटौती गर्ने विषय, सहज तरलता र अर्थमन्त्रीको कार्यशैलीका कारण बजारमा सुधार आउने आशाा गर्न सकिन्छ ।’

यस्तै अर्का बजार जानकार उपेन्द्र पाठकले लगानीकर्ता यतिबेला अर्थ मन्त्रालयले गठन गरेको पूँजीबजार सुधार कार्यदलले पेश गर्ने सुझावको प्रतिक्षामा रहेको बताए । त्यही कार्यदलको सुझाव र कार्यान्वयनको आधारमा बजारको गति तय हुने उनले बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज १.३६ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.१२ प्रतिशत, लगानी ०.२१ र म्युचुअल फण्ड समूह ०.५० प्रतिशतले बढ्यो ।

होटल समूह आज सर्वाधिक अर्थात १.४९ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि ०.४४ प्रतिशत, फाइनान्स ०.५०, हाईड्रो ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, लघुवित्त ०.०९, निर्जीवन बीमा ०.३९ र अन्य ०.४९ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa