Premier Cables
Premier Steel

अपराध

कोशीमा बढ्दै डिजिटल प्ल्याटफर्म हिंसा: च्याट हिस्ट्री हेरेर श्रीमतीसँग डिभोर्स !

Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ६:२० बजे

विराटनगर । मोरङ बेलबारीका एक युवक विदेश गए । रोजगारीको सिलसिला थियो । परिवारसँगै श्रीमती छाडेर गएका थिए । शंकालु स्वभावका थिए । श्रीमतीको सामाजिक संजाल निगरानी गरिरहन्थे । लामो समयको ग्याप। अनि शंकालु नजर श्रीमतीसंग सम्बन्ध जम्न सकेन । अन्ततः नेपाल फर्केर आएपछि ‘च्याट हिस्ट्री ‘ हेरे । दुबै संगै नबस्ने निधोमा पुगे । डिभोर्स भयो । श्रीमानबाट अपेक्षाकृत माया नपाएकी श्रीमतीले पनि अरु कोहीबाट माया पाइरहेकी थिइन् ।

यो अवधिमा श्रीमतीले भोग्नसम्म मानसिक तनाव झेल्न परो ।

बिज्ञापन

उदयपुरमा श्रीमानले नै आफ्नै श्रीमतीको अश्लिल देखिने तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिदिए । छोराको फोटो टाँसेर गरिएको त्यो पोस्ट हेर्न नहुने थियो । छोराका शिक्षकले जानकारी दिएपछि परिवारमा ठूलै हलचल भयो त्यो सम्बन्ध पनि टिकेन ।

यी प्रतिनिधि उदाहरण मात्र हुन् । महिला तथा किशोरीको अधिकारमा पैरवी गर्दै आएको ओरेक नेपालको कोशी प्रदेश कार्यालयमा यस्ता सयौं उजुरी र निवेदन पर्ने गरेका छन् ।

ओरेक कोशी प्रदेश संयोजक शोभा बजगाईं भन्छिन्,”हिजोजस्तो श्रीमतीलाई भौतिक रुपमा आक्रमण गरेर हिंसा गर्ने प्रवृत्ति घट्दो छ तर डिजिटल प्ल्याटफर्म मार्फत गरिने हिंसा बढेको छ । यसले महिलामा मानसिक तनाब बढ्ने र सुसाइड एटेम्ट गर्ने क्रममा पनि वृद्धि भएको छ ।”

ओरेक र तरङ्गिनी फाउन्डेसनले बुधबार विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा ओरेकले ६ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

जसअनुसार घरेलु हिंसाको ट्रेन्ड नै बदलिंदो अवस्थामा पुगेको पाइएको हो ।‌ लिभिङ टुगेदर सम्बन्धित कानुन अभावमा समेत महिलाले विभिन्न हिंसाको सामना गर्न परेका घटना बढेको पाइएको छ । त

तरङ्गिनी फाउन्डेसनकी अधिकृत रुमा रिजाल भन्छिन,”महिला र किशोरीहरूमा हुने हिंसा फरक फरक ढंगले देखा पर्न थालेका छन ।” असंगठित श्रमक्षेत्रका श्रमिक अधिकारका लागि सक्रिय तरङ्गिनीले हाल मोरङ, सुनसरी र उदयपुरका विभिन्न पालिकामा पैरवी सम्बन्धित कार्य गर्दै आएको छ ।

फाउन्डेसनले स्थानीय तहमा श्रमडेस्क स्थापना र संचालन गर्न समेत स्थानीय सरकारहरू संग मिलेर काम गरिरहेको रिजालले सुनाइन् । मोरङमा लेटाङ्ग नगरपालिकाले डेस्क स्थापना गरिसकेको छ ।

ओरेकको अध्ययन अनुसार कोशी प्रदेशका तीन जिल्लाबाट ६ महिनामा कूल २११ उजुरी अभिलेखीकरण भएको थियो । जसमध्ये १४० जना घरेलु हिंसामा परेका थिए ।‌ यो कूल संख्याको ६६.४ प्रतिशत हो । तीमध्ये यौनहिंसामा पर्नेको संख्या ४६ थियो ।‌ समाजिक हिंसामा १२ र अन्य हिंसामा १३ जना परेका थिए ।

बढी घरेलु हिंसा बाहुन क्षेत्री परिवारका श्रीमानबाट हुने गरेको पनि तथ्याङ्कले देखाएको छ । उमेरगत रुपमा २६ देखि ३५ वर्ष उमेर समूहका महिला हिंसामा परेका थिए ।

बजगाईंले भनिन्,”अब डिजिटल प्लेटफर्मबाट हुने हिंसा हाम्रो समाजको चुनौती हो, यसबारे प्रस्ट कानुन र कारवाही तथा सचेतना बढाउन ढिला भइसक्यो ।”

मेलमिलाप गरी हिंसा सम्बन्धी घटना मिलान गर्नुपर्ने कतिपय कानुनी व्यवस्थालाई समेत परिवर्तन र पुनर्विचार गर्नुपर्ने बेला आएको उनले सुनाइन् ।

संचारकर्मीसँग अन्तरक्रिया गर्नुको उद्देश्य महिलाको श्रम शरीर र पहिचानको सवालमा संचारकर्मीहरुलाई अझै गम्भीर भएर अदृश्य महिलाको श्रमलाई दृश्यवान र महिलाको नेतृत्व स्वीकार्य बनाउन पत्रकारले संचार माध्यमबाट पैरवी गरून् भन्ने रहेको रिजालले बताइन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka