Premier Cables
Premier Steel

अपराध

विराटनगरमा किरियापुत्री माथि आक्रमण गर्नेहरु प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ११:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा शोकको अवस्थामा रहेका किरियापुत्रीमाथि आक्रमण गर्नेहरु पक्राउ परेका छन् ।

जग्गासम्बन्धी लामो समयदेखिको विवादका कारण किरियापुत्री बसिरहेको घरमै मध्यरातमा आक्रमण भएको हो। पीडित परिवारले पीडामा रहेका बेला अझ पीडा थपिएको भन्दै न्यायको माग गरेका छन्।

बिज्ञापन

विराटनगर–११ स्थित कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गा विगत ३५ वर्षदेखि विवादमा रहेको थियो। यही जग्गामा मृतक हरिनारायण कामतको परिवार लामो समयदेखि बस्दै आएको थियो।

पीडित परिवारका अनुसार उनीहरूलाई पटक-पटक धम्की दिइएको र मानसिक रूपमा दबाबमा पार्ने प्रयास भइरहेको थियो।

सोमबार राति करिब ११ बजेतिर, किरियामा रहेका परिवारमाथि स्थानीय प्रमोद सहनी र सुनिल सहनीले मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर आक्रमण गरेका थिए।

आक्रमणमा मृतकका पति हरिनारायण कामत, छोराहरू किरण कामत, सन्तोष कामत र छोरी काली कामत घाइते भएका छन्। किरण कामत सात दिनदेखि आमाको किरियामा बसेका थिए।

मध्यरातको उक्त घटनापछि पीडितहरूले बखरीस्थित प्रहरी चौकीमा खबर गरे। तत्कालै वरिष्ठ प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगे पनि प्रमोद र सुनिल पहिले नै फरार भइसकेका थिए।

त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरबाट थप प्रहरी टोली खटिएको थियो। राति १ बजे सुनिलको घरमा छापा हानिए पनि उनी त्यहाँ फेला परेनन्।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै व्यक्तिविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दिएका छन्। जाहेरी दर्ता भएलगत्तै प्रहरीले तीव्र सक्रियता देखाउँदै दुवै आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस घटनाले शोकमा डुबेका परिवारमाथि भएको अमानवीय व्यवहार र कानुनी सुरक्षाको प्रश्न उठाएको छ। स्थानीय तह र सुरक्षाप्रहरीले पीडितलाई न्याय दिने प्रतिबद्धता जनाए पनि समाजमा शान्ति र सुरक्षित बसोबासको प्रत्याभूति अझै चुनौतीपूर्ण देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka